Techie IT
Samayabaddha
आईतबार, २४ फागुन, २०८२

भक्तपुर–२ मा समानुपातिक मतगणना सम्पन्न, रास्वपा पहिलो


भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो स्थानमा रहेको छ ।

मतदान अधिकृत राधिका सुवालका अनुसार रास्वपाले ४३ हजार ३२२ मत प्राप्त गरेको छ ।

त्यस्तै, नेपाली काँग्रेसले ८ हजार ७७८ मत ल्याएर दोस्रो स्थान हासिल गरेको छ भने नेकपा (एमाले)ले ८ हजार ३९० मतसहित तेस्रो स्थानमा रहेको छ ।

अन्य दलहरूमध्ये नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले ३ हजार ५२१, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले १ हजार ९३०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले २ हजार ८३२ तथा श्रम संस्कृति पार्टीले १ हजार ७५ मत प्राप्त गरेका छन् ।

यसैबीच भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा आज बिहान ११ बजेदेखि समानुपातिकतर्फको मतगणना सुरु भएको छ ।

जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भिम बिसीका अनुसार दिउँसो १ बजेसम्मको मतपरिणाममा रास्वपा ११ हजार ७११ मतसहित अग्रस्थानमा रहेको छ ।

त्यस्तै नेपाली काँग्रेसले १ हजार ५६५, नेकपा (एमाले)ले १ हजार ६५, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले ३ हजार ६५४, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ३२७, राप्रपाले ७३१ तथा श्रम संस्कृति पार्टीले १९२ मत प्राप्त गरेका छन् ।

क्षेत्र नम्बर १ मा मतगणना जारी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।


क्याटेगोरी : राजनीति


प्रतिक्रिया


ताजा अपडेट