३६ लाख मत गणना, रास्वपाको मत घट्दै, अन्य दल थ्रेसहोल्ड नजिक
काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ ३६ लाख ५० हजार ९ सय ६१ मत गणना गरेको छ। जसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले १८ लाख १५ हजार ८ सय ५६ मत पाएको छ। जून कुल मतको ४९.७३ प्रतिशत हो।
यसअघिको गणनामा रास्वपाले ५० प्रतिशत भन्दा धेरै मत पाउँदै आएकोमा पछिल्लो गणनामा केही घटेको छ।
त्यस्तै, कांग्रेसले ६ लाख १८ हजार ६ सय ३० मत पाएको छ। जून १६.९७ प्रतिशत हो। त्यस्तै, एमालेले ५ लाख १९ हजार ३ सय ५३ मत पाएको छ। जून १४.२२ प्रतिशत हो।
नेपाली कम्युनिष्ट पार्टीले २ लाख ४५ हजार ८ सय ४ अर्थात् ६.७३ प्रतिशत मत पाएको छ। राप्रपाको १ लाख ३१ हजार २७७ अर्थात् ३.६५ प्रतिशत मत पाएको छ।
अन्य दलले ३ प्रतिशत कटाउन सकेका छैनन्। यद्यपी श्रम संस्कृति पार्टीका्े प्रभाव रहेका क्षेत्रमा गणना बाँकी रहेकाले थ्रेसहोल्ड कटाउने आकलन गरिएको छ।
क्याटेगोरी :
राजनीति


















प्रतिक्रिया