समानुपातिक मतगणना अन्तिम चरणमा, रास्वपा शीर्ष स्थानमा
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगले इलाम–१ र गोरखा–१ मा जारी समानुपातिकतर्फको गणना अन्तिम चरणमा पुगेको जनाएको हो ।
मतगणनाको पछिल्लो परिणामअनुसार प्रत्यक्षमा १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले समानुपातिकमा ५१ लाख ३६ हजार ६७४ मत पाएको छ ।
प्रत्यक्षतर्फ १८ सिटमा खुम्चिएको नेपाली कांग्रेसले १७ लाख ४८ हजार ३३६, ९ सिटमा झरेको नेकपा एमालेले १४ लाख ४८ हजार ४१२ मत समानुपातिकतर्फ पाएको आयोगले जनाएको छ ।
यस्तै प्रत्यक्षतर्फ सात सिटसहित चौथौ भएको नेपाली कम्युनिस्ट पार्टीले आठ लाख चार हजार १७१ मत पाएको छ । पाँचौ भएको श्रम संस्कृति पार्टीले तीन लाख ७८ हजार ५८७ मत पाउँदा छैटौं स्थानमा रहेर थ्रेसहोल्ड कटाएको राप्रपाले ३ लाख ७४ हजार ३१४ मत ल्याएको छ ।
समानुपातिकतर्फ हालसम्म १ करोड ७ लाख ३२ हजार ९३२ मतहरू गणना भइसकेका छन् । प्रत्यक्षतर्फको नतिजा भने सोमबार नै आइसकेको छ ।
यसअघि राष्ट्रिय दल बनेका र थ्रेसहोल्ड कटाएका मधेशवादी दलहरू यसपल्ट निकै पछि परेका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालले एक लाख ७४ हजार ३१४ मत पाएको छ ।
त्यस्तै जनमत पार्टीले ७८ हजार ९५३ मत ल्याएको छ । जनमतभन्दा अघि रहेको राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ७१ हजार ४९७ मत पाएको छ ।
तराई–मधेश केन्द्रित विभिन्न दलहरूले गठबन्धन गरेर निर्वाचनमा प्रतिष्पर्धा गरेको एकल चिन्ह चकिया ९जाँतो० ले समानुपातिकतर्फ ६१ हजार ५३३, नेपाल कजदुर किसान पार्टीले ४२ हजार २३५ मत पाएका छन् ।
राष्ट्र निर्माण दल नेपालले ३८ हजार ९३१ मत ल्याउँदा राष्ट्रिय जनमोर्चाको पक्षमा २९ हजार ४३६ मत खसेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा ९माओवादी० ले समानुपातिकतर्फ २३ हजार ८९१ मत ल्याएको छ ।
क्याटेगोरी :
राजनीति


















प्रतिक्रिया