Techie IT
Samayabaddha
बिहीबार, २८ फागुन, २०८२

रास्वपाका उम्मेदवार शिशिर खनालको चुनावी खर्च १५ लाख २३ हजार


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट काठमाडौं-६ का निर्वाचित प्रतिनिधिसभा सदस्यका उम्मेदवार शिशिर खनालले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगलाई बुझाएका छन् ।

उनले फागुन २१ मा सम्पन्न निर्वाचनको क्रममा १५ लाख २३ हजार ४३७ रुपैयाँ खर्च भएको विवरण पेस गरेका हुन् ।

विभिन्न १२ शिर्षकमा खर्च भएको विवरण पेस गरेका खनालले सबैभन्दा धेरै छापा प्रचार(प्रचार सामग्रीमा भएको उल्लेख गरेका छन् । यो शीर्षकमा उनले २ लाख ६ हजार ३६ रुपैयाँ खर्च भएको छ ।

दोस्रो धेरै खर्च उनले यातायातमा भएको छ। खनालले यातायात शीर्षकमा १ लाख ५५ हजार ४ सय रुपैयाँ खर्च भएको विवरण आयोगमा पेस गरेका हुन् ।


क्याटेगोरी : राजनीति


प्रतिक्रिया


ताजा अपडेट