Techie IT
Samayabaddha
आईतबार, १ चैत्र, २०८२

रास्वपाले टुंग्यायो समानुपातिक सूची, ४८ महिला र ९ पुरुष


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्ने ५७ जनाको नामावली टुंगो लगाएको छ।

पार्टीको सचिवालय बैठकले आइतबार उक्त सूची अनुमोदन गरेको हो। सूचीमा ४८ जना महिला र ९ जना पुरुष समावेश गरिएको रास्वपाले जनाएको छ।

समानुपातिक क्लस्टरअनुसार सूचीमा खस आर्यबाट १७, आदिवासी जनजातिबाट १६, मधेशीबाट ९, दलितबाट ८, थारुबाट ४ र मुस्लिम समुदायबाट ३ जना समेटिएका छन्।

रास्वपाले उक्त नामावली आजै निर्वाचन आयोग नेपाल मा बुझाउने तयारी गरेको छ। आयोगले सूची रुजु गरी स्वीकृत गरेपछि मात्रै समानुपातिकबाट सांसद बन्ने व्यक्तिहरूको नाम सार्वजनिक गरिने जनाइएको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट