कांग्रेसले टुङ्ग्यायो समानुपातिक सांसद बन्ने २० जनाको नाम
काठमाडौं । नेपाली काँग्रेसले समानुपातिकतर्फको २० जना सांसदको नाम टुंग्याएको छ । आईतवार काँग्रेस पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले सांसदहरुको नाम टुंग्याएको हो ।
आदिवासी जनजातीबाट ६, खसआर्यबाट ६, थारु, दलित, मधेसी, मुस्लिम र पिछडिएको क्षेत्रबाट एक एक गरी ५ जनाको नाम आयोगमा पठाउने निर्णय गरिएको हो । अन्य तीन जनाको नाम समेत क्लष्टर मिलाएर पठाइने जनाइएको छ । ती मध्ये १५ जना महिलाको नाम अनिवार्य रूपमा आयोगमा पठाइने छ ।
संघीय संसदमा ३३ प्रतिशत महिला अनिवार्य सुनिश्चित हुनुपर्छ । राष्ट्रिय सभा सबै हिसाव गर्दा अहिले हामीले २० जना प्रतिनिधि छान्दा १५ जना महिला अनिवार्य छ । निर्वाचन आयोगले समानुपातिकमा पाएको मतका आधारमा सांसद सङ्ख्याको कोटा तोकेर नाम बुझाउन भनेको थियो ।
क्याटेगोरी : राजनीति


















प्रतिक्रिया