Techie IT
Samayabaddha
आईतबार, १५ चैत्र, २०८२

एक्सनमा बालेन सरकार


काठमाडौं । बालेन साह नेतृत्वको सरकार एक्सनमा उत्रिएको छ । सरकार बनेकै दिन देखि बालेन सरकारले भ्रष्टचारीको कठालो समात्न थालेको छ । प्रधानमन्त्री बालेनका सहयात्री छन् गृहमन्त्री सुधन गुरुङ । हक्की स्वभावका गुरुङले गत भदौ २३ मा भएको जेनजी आन्दोलनमा नेतृत्वदायी भूमिकाले निर्वाह गरेका थिए । अहिलके तीनै गुरुङले गृह जस्तो शक्तिशाली मन्त्रालय हाकीरहेका छन् । सुरुमा नै बालेन सरकारको निशानामा भ्रष्टचारी पर्न थालेका छन् ।

आइतबार मात्रै नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले पूर्वमन्त्री खड्कालाई पक्राउ गरेको हो । सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि पूर्वमन्त्री खड्कालाई नियन्त्रणमा लिएको जनाइएको छ । उनी लैनचौरस्थित स्काउटको जग्गा विवादमा मुछिएका छन् । जेनजी आन्दोलनका बेलामा उनको निवासमा आगजनी हुँदा पैसा उडेको भन्दै एक भिडियो भाइरल भएको थियो । जसका बारेमा उनीमाथि अनुसन्धान भइरहेको छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट