Techie IT
Samayabaddha
आईतबार, २२ चैत्र, २०८२

सभामुख डीपी अर्यालले लिए पद तथा गोपनीयताको शपथ


काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल(डीपी) अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आइतबार दिउँसो राष्ट्रपति कार्यालय भवन शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्याललाई सभामुख पदको पद तथा गोपनीयताको शपथ खुवाएका छन् ।

आजै प्रतिनिधिसभाको बैठकमा अर्याल निर्विरोध सभामुख निर्वाचित भएको घोषणा गरिएको थियो ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट