Techie IT
Samayabaddha
शनिबार, २८ चैत्र, २०८२

पूर्व गृहमन्त्री रमेश लेखक पनि रिहा


काठमाडौं । पक्राउ परेको १३ औँ दिनमा पूर्व गृहमन्त्री रमेश लेखक नेपाल प्रहरीको नम्बर–२ सशस्त्र प्रहरी गणबाट रिहा भएका छन् । पत्नी यशोदा लेखकको जिम्मा लगाएर रिहा गरिएको हो ।

लेखकलाई अनुसन्धानको क्रममा खोजेको बखत हाजिर हुने गरी हिरासत मुक्त गरिएको जनाइएको छ । चैत १४ देखि गणमा राखिएका लेखक त्यहाँबाट निस्केका छन् ।

मन्त्रिपरिषद्ले भदौ २३ र २४ को घटनाबारे गौरीबहादुर कार्की आयोगले गरेको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेसँगै लेखक भक्तपुरबाट पक्राउ परेका थिए ।

उनीसँगै पक्राउ गरिएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई टिचिङ अस्पतालमै प्रहरीले परिवारको जिम्मामा छाडिसकेको छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट