Techie IT
Samayabaddha
आईतबार, १ असार, २०८२

८ महिनादेखि अन्तरिक्षमा फसेका सुनिता र बुचलाई मार्चमा पृथ्वीमा ल्याइने


वासिङटन डिसी, १ फागुन । अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर चाँडै नै अन्तरिक्ष स्टेशनबाट पृथ्वीमा फर्कनेछन्। नासाले उनीहरूलाई मार्चको मध्यमा फिर्ता ल्याइने जनाएको छ। दुबै अन्तरिक्ष यात्री विगत ८ महिनादेखि अन्तरिक्ष स्टेशनमा फसेका छन्।

यसअघि उनीहरुलाई फिर्ता ल्याउने समयसीमा मार्चको अन्त्य वा अप्रिलको लागि तोकिएको थियो। उनीहरूलाई स्पेसएक्स क्याप्सुलमा फिर्ता ल्याइने जनाइएको छ।

सुनिता विलियम्स गत वर्ष जुन ५ मा बुच विल्मोरसँगै आइएसएस पुगेकी थिइन्। उनी एक हप्ता पछि फर्कनु पर्ने थियो। उनीहरू दुवै जना बोइङको नयाँ स्टारलाइनर क्याप्सुलको परीक्षण गर्न गएका थिए। तर त्यसमा खराबी आएपछि उनीहरू आइएसएसमै फसे।

यसअघि नासाले एलोन मस्कको कम्पनी स्पेसएक्सको ड्र्यागन अन्तरिक्षयान मार्फत फेब्रुअरी २०२५ मा सुनिता र बुच विल्मोरलाई फिर्ता ल्याउने जानकारी दिएको थियो। तर उक्त समयमा उनीहरूलाई ल्याइएन।


क्याटेगोरी : विज्ञान

प्रतिक्रिया


ताजा अपडेट