Techie IT
Samayabaddha
शुक्रबार, १८ पुस, २०८२

उद्योगदेखि–पुस्तकालयसम्म एआईलाई केन्द्रमा राख्दै डिजिटल रूपान्तरण तीव्र बनाउने रणनीतिमा चीन


बेइजिङ । चीनले आगामी १५ औँ पञ्चवर्षीय योजनामा देशको उत्पादन, सेवा तथा सार्वजनिक पूर्वाधारलाई कृत्रिम बौद्धिकता (एआई)सँग एकीकृत गर्दै लैजाने राष्ट्रिय प्राथमिकता कै रुपमा अघि सारेको छ । चीनले अत्याधुनिक एआई प्रणालीको प्रयोगले स्व–निर्णय क्षमता स्वतः सिक्न सक्ने र पूर्वानुमान विश्लेषणमा सक्षम औद्योगिक संरचना निर्माण गर्दै उच्च गुणस्तरको विकास हासिल गर्ने लक्ष्य लिइएको छ ।

चिनियाँ नीति विश्लेषकहरू भन्छन्, अघिल्ला वर्षहरूमा चीनले डिजिटल प्रविधिबाट आपूर्ति श्रृंखला र उत्पादन क्षेत्रलाई तीव्र बनाएको भए पनि कृतिम बौद्धिकता प्रणालीमा भविष्यको अर्थतन्त्र जोड्ने गरी रुपान्तरित बनाउँदै लैजाने लक्ष्य लिएको छ । यसले उद्योगमा कार्यदक्षता अभूतपूर्व रूपमा बढिरहेको हालका तथ्यांकले पनि उक्त योजनाको प्रभावकारिता पुष्टि गरेको छ ।

उदाहरणका लागि, उच्च–गतिको रेल विकासमा जटिल एरोडाइनामिक गणना पूरा गर्न पहिले एक दिन  को समय लाग्थ्यो । हाल एआई–आधारित कम्प्युटिङ प्रणाली प्रयोगपछि केही सेकेन्डमै ती गणना सम्पन्न हुने गरेका छन् ।

यस्तै, सिंथेटिक बायोलोजी क्षेत्रमा सूक्ष्मजीव किण्वनको कार्यकुशलता दस गुणासम्म बढेको  चिनियाँ उद्योग मन्त्रालयले जनाएको छ । व्यापारीक क्षेत्रमा पनि परिवर्तनले नयाँ मोड लिएको छ । एक ठूलो सुपरमार्केटको सञ्जालमा सुरु गरिएको एआई प्रविधिले भण्डारण अवधि, स्टक स्तर र उपभोक्ता व्यवहारको रीयल–टाइम विश्लेषण गर्नुको साथै कुनै पनि सामानको मूल्य निर्धारणदेखि बिक्री रणनीति आफैँ तय गर्दै छ ।

सरकारी अभिलेखअनुसार, २०२५ को मध्यसम्म चीनमा ५,३०० भन्दा बढी एआई उद्यम सञ्चालनमा छन्, जुन विश्वको कुल १५ प्रतिशत हो । ७८८ बहावको कम्प्युटिङ क्षमता र १,५०० भन्दा बढी ठूलो भाषा मोडेल सार्वजनिक गर्दै चीन एआई पूर्वाधार तथा नवप्रवर्तनमा विश्व अग्रस्थानमा रहेको दाबी गरेको छ । ‘एआई प्लस’को प्रयोगबाट उद्योग, कृषि, स्वास्थ्य, शिक्षा तथा सार्वजनिक सेवाको स्तर अभूतपूर्व रूपमा उकास्ने लक्ष्य राखिएको छ ।

सको व्यापक प्रभाव सार्वजनिक सेवामा पनि प्रष्ट देखिन थालेको छ ।

राजधानी बेइजिङस्थित एक प्रमुख पुस्तकालयमा एआई र मेटाभर्स संयोजनमार्फत सिर्जना गरिएका डिजिटल मानव–अवतारहरूले ज्ञानको पहुँचमा क्रान्तिकारी परिवर्तन ल्याएका छन् । चीनका विख्यात साहित्यकार लुसुनको रूपमा तयार पारिएको मानव अवतारले अब आगन्तुकलाई पुस्तकहरू सिफारिस गर्ने, सांस्कृतिक व्याख्या प्रस्तुत गर्ने र पुस्तकालयको सम्पूर्ण सेवाबारे संवादमार्फत जानकारी दिने काम गर्छ । बालबालिकालाई लक्षित ‘टुटु’ र ‘२१२२’ नामक अन्य अवतारहरूले हालसम्म १७ लाखभन्दा बढी संवादमार्फत सिकाइमैत्री वातावरण बनाएको पुस्तकालय प्रशासनले जनाएको छ ।

सात वर्षीया एक बालिकाले उक्त डिजिटल पात्रलाई लगातार सोधिरहन्छ — ूध्जथ मष्म मष्लयकबगचक नय भहतष्लअत रुू र ूध्जथ मय mबउभि भिबखभक तगचल चभम ष्ल बगतगmल रुू उनका आमाले भनिन “यी डिजिटल पात्रहरू शिक्षामूलक मात्र होइनन्, बच्चाहरूमा वास्तविक जिज्ञासा जगाइदिन्छन् । सिकाइसँगको सम्बन्ध एकाएक रमाइलो बन्छ,” टिप्पणी गरिन् ।

निकट भविष्यमा स्मार्ट पुस्तकालयले व्यक्तिगत डिजिटल अवतारमार्फत भर्चुअल अध्ययन कक्ष, बृहत अन्तरक्रिया र बहु–इन्द्रिय अनुभूति उपलब्ध गराउने योजना अघि सारिएको छ ।

चिनियाँ अधिकारीहरूका अनुसार, एआई–केन्द्रित यो रूपान्तरणले देशलाई औद्योगिक उन्नयन, सेवा सुधार र सांस्कृतिक पहुँच विस्तारमार्फत अत्याधुनिक विकासतर्फ डो¥याइरहेको छ । विश्व प्रतिस्पर्धामा प्राविधिक नेतृत्व कायम राख्नु चीनको दीर्घकालीन लक्ष्य रहेको र यसमा एआई “प्रमुख बहुगुणक शक्ति”का रूपमा स्थापित भइरहेको उनीहरूको ठम्याइ छ ।

विश्लेषकहरूको भनाइमा, आधुनिक चीनको यात्रामा कृतिम बौद्धिकता नै विकासको इंजिनका रूपमा उदाउँदै गएको छ — जसले भविष्यको अर्थतन्त्र मात्र होइन, समाजको जीवनशैली नै रूपान्तरित गर्ने बुझाई छ ।


क्याटेगोरी : विज्ञान

प्रतिक्रिया


ताजा अपडेट