Techie IT
Samayabaddha
आईतबार, २८ भदौ, २०८३

कोलकातासँगको खेल रद्द हुँदा राजस्थान तेस्रो स्थानमा रहँदै प्लेअफमा


वर्षाका कारण लिग चरणको अन्तिम खेल रद्द हुँदा राजस्थान रोयल्स तेस्रो स्थानमा रहँदै इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुगेको छ ।

आइतबार गुवाहिटीमा शीर्ष स्थानको कोलकाता नाइट राइडर्सविरुद्ध खेल हुने तालिका रहे पनि वर्षाका कारण टस समेत हुन नसकी रद्द भएको हो ।

अब प्लेअफको इलिमिनेटरमा राजस्थानले रोयल च्यालेन्जर्स बेंगलुरुसँग खेल्नेछ । शीर्ष स्थानको कोलकाताले पहिलो प्लेअफमा दोस्रो स्थानको सनराइजर्स हैदराबादविरुद्ध खेल्नेछ ।

आइतबार नै भएको खेलमा पञ्जावविरुद्ध चार विकेटको जित निकाल्दै हैदराबाद दोस्रो स्थान उक्लिएको हो ।

प्रतियोगितामा प्लेअफ चरण मंगलबारदेखि सुरु हुनेछ ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट