Techie IT
Samayabaddha
शनिबार, २७ भदौ, २०८३

नामिबियासामु ओमानले दियो ११० रनको मध्यम लक्ष्य


आईसीसी टी–२० विश्वकप अन्तर्गत समूह ‘बी’ को खेलमा नामिबियासामु ओमानले ११० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।

ब्रिजटाउनस्थित केनसिंग्टोन ओभलमा नामिबियाले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको ओमान २ बल अगावै १ सय ९ रन बनाउँदा अलआउट भयो।

खालिद खलिले बनाएको ३४ रन नै ओमानका लागि सर्वाधिक रह्यो। जिसन मक्सुदले २२ रन थपे। आयान खानले १५ तथा सकिल अहमदले ११ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

ओमानलाई कम स्कोरमा रोक्न रुवेन ट्रम्पलम्यानले ४ विकेट लिए उनले ४ ओभरमा २१ रन खर्चे।

डेविड वेल्सले ३ विकेट झारे। गेहार्ड इरास्मसले २ तथा वेनार्ड स्कटले १ विकेट आफ्नो नाममा गरे। नामिबियाले केहीबेरमा जवाफि ब्याटिङ गर्नेछ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट