Techie IT
Samayabaddha
बुधबार, १७ वैशाख, २०८२

एनएसएल २०२५ : धनगढीलाई हराउँदै पोखरा फाइनलमा


काठमाडौं । पोखरा थण्डर्स नेपाल सुपर लिग २०२५ को फाइनलमा प्रवेश गरेको छ ।

साविक उपविजेता धनगढी एफसीलाई क्वालिफायर टु मा १–० ले पराजित गर्दै पोखरा थण्डर्स नेपाल सुपर लिगको फाइनलमा प्रवेश गरेको हो ।

दशरथ रंगशालमा बुधबार भएको खेलमा पोखराका लागि जित दिलाउन स्टेफेन समिर विनोङले इन्जुरी टाइममा गोल गरे ।

पोखरा पहिलो पटक एनएसएलको फाइनल पुगेको हो । अब पोखराले उपाधिका लागि आउने शनिबार साविक विजेता ललितपुर सिटीसँग प्रतिस्पर्धा गर्नेछ ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट