Techie IT
Samayabaddha
मंगलबार, ३० वैशाख, २०८२

महिला टी–२० विश्वकप एशिया छनोट : आज नेपाल र हङकङ खेल्दै


काठमाडौं ।महिला टी–२० विश्वकप एशिया छनोट खेल थाइल्याण्डको एशियन इन्स्टिच्युड टेक्नोलजी मैदानमा दिउँसो सवा १२ बजे सुरू हुनेछ ।

यसअघि लिग चरणको दोस्रो खेलमा नेपालले बहराइनलाई ९ विकेटले हराएको थियो । यो खेल वर्षाका कारण ५ ओभरमा भएको थियो ।

नेपाल र हङकङको पहिलो खेल भने वर्षाले रद्द भएको थियो । नेपालले पर्सि बिहीवार फेरि बहराइनसँग खेल्नेछ ।

एशिया छनोटमा नेपालसँगै आयोजक थाइल्याण्ड, भुटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र यूएईको सहभागिता रहेको छ ।

नेपाल रहेको समूह ‘सी’मा बहराइन र हङकङ छन् । समूहका दुई टोलीले एक आपसमा समान दुई÷दुई खेल खेलेपछि शीर्ष टोली अर्को चरणमा पुग्नेछ ।

तीनै समूहको शीर्ष टोलीले सुपर–३ मा प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीले ग्लोबल छनोटमा स्थान बनाउनेछन् ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट