Techie IT
Samayabaddha
शुक्रबार, २ जेठ, २०८२

महिला टी–२० विश्वकप एशिया छनोटमा आज बहराइन र हङकङ खेल्दै


काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटमा समूह चरणको अन्तिम खेलमा आज बहराइन र हङकङ खेल्दैछन् । बैंककमा रहेको एआईटी मैदानमा हुने खेल दिउँसो सवा १२ बजे सुरू हुनेछ ।

यो खेलले नेपाल ‘सुपर थ्री’ मा पुग्नेरनपुग्ने टुङ्गो लाग्नेछ । यो खेल हङकङले हार्‍यो भने नेपाल सुपर थ्रीमा पुग्नेछ । बराबरीले पनि नेट रनरेटमा अघि रहँदै हङकङ सुपर थ्रीमा पुग्नेछ ।

यसअघि हिजोको खेलमा नेपालले बहराइनलाई डीएलएस नियमका आधारमा ६ विकेटले हराएको थियो ।

योसँगै नेपाल ४ खेलमा ५ अङ्कसहित समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ । बहराइन ३ खेलमा १ अङ्कसहित पुछारमा छ । यस्तै हङकङ ३ खेलमा ४ अङ्कसहित दोस्रो स्थानमा छ ।

महिला टी–२० विश्वकप एशिया छनोटमा सहभागी भएका ९ टोलीलाई ३ वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेता सुपर थ्री मा पुग्नेछन् । सुपर थ्रीको शीर्ष २ टोली ग्लोबल छनोटमा पुग्नेछन् ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट