Techie IT
Samayabaddha
सोमबार, ५ जेठ, २०८२

१९ वर्षमुनिको साफ च्याम्पियनशिपको उपाधि भारतले जित्यो


काठमाडौं । १९ वर्षमुनिको साफ च्याम्पियनशिपको उपाधि भारतले जितेको छ ।

साबिक विजेता बङ्गलादेशलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै घरेलु टोली भारतले उपाधि जितेको हो ।

गएराति अरुणाञ्चलको गोल्डेन जुब्ली रङ्गशालामा भएको फाइनल खेलमा निर्धारित समयमा दुवै टोलीले १–१ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।

सेमिफाइनलमा भारतले माल्दिभ्सलाई ३–० तथा बङ्गलादेशले नेपाललाई २–१ ले पराजित गरेका थिए । भारतले चौथौ पटक उमेर समूहको उपाधि जितेको हो ।

भारतले यसअघि सन् २०१९ मा १८ वर्षमुनिको, २०२२ मा २० वर्षमुनिको र २०२३ मा १९ वर्षमुनिको च्याम्पियनशिपको उपाधि जितेको थियो ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट