Techie IT
Samayabaddha
आईतबार, ३१ साउन, २०८३

मुटुरोग विशेषज्ञ डा. स्मृतिको स्वरमा ‘मैले माया’


मुटुरोग विशेषज्ञ डा. स्मृति शाक्यको आवाज रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपप्राध्यापकका रूपमा कार्यरत डा. स्मृतिले ‘मैले माया’ बोलको गीतको म्युजिक भिडियो बजारमा ल्याएकी हुन्।

युट्युबमार्फत सार्वजनिक गरिएको उक्त गीतमा पूर्वप्रदेशमन्त्री डा. अजयक्रान्ति शाक्यको शब्द रहेको छ। गीतमा संगीत पनि पूर्वमन्त्री शाक्यकै रहेको छ। देवकुमार श्रेष्ठको निर्देशनमा छायांकन भएको म्युजिक भिडियोका सबै दृश्य काठमाडौं र ललितपुरमा खिचिएको छ।

प्रकाश श्रेष्ठ र करुणा श्रेष्ठको मोडलिङ रहेको म्युजिक भिडियोमा गायिका डा. स्मृति स्वयंको पनि अभिनय देख्न सकिन्छ।


क्याटेगोरी : भिडियो

प्रतिक्रिया


ताजा अपडेट