Techie IT
Samayabaddha
शनिबार, १३ असार, २०८३

वीरगन्ज नाका तीन दिन बन्द रहने


भारतको बिहारसँग सीमा जोडिएको वीरगन्जसहित पर्सा जिल्लाका सीमा नाकाहरू तीन दिनका लागि बन्द हुने भएको छ।

भारतमा अहिले भइरहेको लोकसभा निर्वाचनका लागि वीरगन्जसहित पर्सा जिल्लाका सबै नाकाहरू जेष्ठ १० देखि जेष्ठ १२ गतेसम्म तीन दिनका लागि बन्द रहने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। पर्सासँग सीमा जोडिएको बिहारको पश्चिमी चम्पारण जिल्लामा मे २५ तारिख अर्थात जेष्ठ १२ गते लोकसभाको निर्वाचन हुँदैछ।

पश्चिम चम्पारण जिल्लाको निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि दुवै देशका सीमावर्ती जिल्लाका सुरक्षा प्रमुखहरूको संयुक्त बैठकले गरेको निर्णय अनुसार मतदान हुनु ४८ घण्टादेखि भारतसँगको सीमा जोडिएका नेपालका नाकाहरू बन्द गर्ने सहमति भएको थियो।

त्यही सहमति र भारतीय पक्षबाट गरिएको आग्रह अनुसार बिहारको पश्चिम चम्पारण जिल्लासँग सीमा जोडिएका नाकाहरू जेठ १० देखि जेठ १२ गते बेलुकी ६ बजेसम्म बन्द गरिने पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले आइतबार सार्वजनिक गरेको सूचनामा उल्लेख छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट