Techie IT
Samayabaddha
शनिबार, १३ असार, २०८३

भंगहा–जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालन


भंगहा–जनकपुर–जयनगर रेल्वे सेवा मंगलबार बिहानदेखि पुनः सञ्चालनमा आएको छ।

भारतमा जारी लोकसभा निर्वाचनका लागि रेल सेवा तीनदिन बन्द गरिएको थियो। महोत्तरी र धनुषासँग सीमा जोडिएका भारतका मधुबनी र सीतामढीमा सोमबार निर्वाचन सम्पन्न भएपछि रेलसेवा पुनः प्रारम्भ भएको हो।

नेपाल रेल्वे कम्पनी लिमिटेडले जेठ ५ देखि ७ गते सम्म रेलसेवा बन्द हुने जानकारी सार्वजनिक सूचना प्रकाशन गरेको थियो।

सूचनमा  रेल्वे सेवा पुनः साविकबमोजिम जेठ ८ गतेदेखि नियमित सञ्चालनमा आउने जानकारी दिइएको थियो।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट