Techie IT
Samayabaddha
शनिबार, १६ जेठ, २०८३

वनमन्त्री नवलकिशोरको सम्पत्ति : १२ बोरको बन्दुक, ४१ लाख नगद


वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीसँग १२ बोरको बन्दुक रहेको सम्पत्ति विवरणमा खुलाएका छन्।

प्रधानमन्त्री तथा मन्पिरिषद् कार्यालयलाई बुझाएको सम्पत्ति विवरण अनुसार उनले आफूसँग बन्दुक रहेको पनि उल्लेख गरेका हुन्।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितका मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।

साथै, उनले विवाहको समयमा ससुराली र बुबाआमाबाट उपहारस्वरुप प्राप्त ५६ तोला सुन श्रीमतिको नाममा रहेको पनि उल्लेख गरेका छन्।

राष्ट्रिय वाणिज्य बैंक हनुमाननगरमा २० हजार, काठमाडौँमा ३२ हजार, सनराइज बैंक राजविराज ३२ हजार ४ सय ९४, राष्ट्रिय वाणिज्य बैंक हनुमाननगर, सप्तरीमा ४० लाख १७ हजार नगद मौज्दात रहेको विवरणमा खुलाएका छन्।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट