Techie IT
Samayabaddha
मंगलबार, १८ कात्तिक, २०८२

५ स्वास्थ्य चौकीलाई ज्योति विकास बैंकको ‘बेबी वार्मर’


ज्योति विकास बैंकले कर्णाली प्रदेशका पाँचवटा स्वास्थ्य चौकीलाई बेबी वार्मर मेसिन प्रदान गरेको छ। बैंकले नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न र अल्पताप (हाइपोथर्मिया) हुनबाट जोगाउन प्रयोग हुने बेबी वार्मर (न्यानो नानी) मेसिन प्रदान गरेको हो।

बैंकले जुम्ला, कालीकोट, मुगु र दैलेख जिल्लाका स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टरलाई उक्त उपकरण उपलब्ध गराएको हो। बैंकले हालसम्म देशका विभिन्न ठाउँमा ४३ वटा बेबी वार्मर प्रदान गरेको जनाएको छ। विशेष गरी दुर्गम क्षेत्रमा हाइपोथर्मियाको दर उच्च रहेको र सोका कारण नवजात शिशुको जीवन जोखिममा पर्ने भएकाले उक्त उपकरण प्रदान गरिएको बैंकले जनाएको छ।

मेसिन जडानपछि जुम्लाको कनकासुन्दरी गाउँपालिका-३ स्थित विराट स्वास्थ्य चौकी, कालीकोटको तिलागुफा नगरपालिका-९ स्थित स्वास्थ्य चौकी-चिल्खाया, मुगुको छाँयानाथ रारा नगरपालिका अन्तर्गतको गुम स्वास्थ्य चौकी, दैलेखको डुङ्गेश्वर गाउँपालिका-२ स्थित लाँकुरी स्वास्थ्य चौकी र डुङ्गेश्वर गाउँपालिका -४, अवलपराजुलस्थित डुङ्गेश्वर आधारभूत स्वास्थ्य तथा सरसफाई सेवा केन्द्रको बर्थिङ सेन्टरमा प्रसूति सेवा लिन आउने प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट