Techie IT
Samayabaddha
शनिबार, २१ चैत्र, २०८२

भारतसँग सीमा जोडिएका पर्साका नाका तीन दिनका लागि बन्द


भारतसँग सिमाना जोडिएका पर्साका सीमा नाका बन्द भएका छन्। विहार राज्यको पश्चिम चम्पारण जिल्लामा यही जेठ १२ गते हुने लोकसभा निर्वाचनका कारण नाका बन्द गरिएको स्थानीय प्रशासनले जनाएको छ।

वीरगञ्ज भन्सार कार्यालयसहितका पर्सा जिल्लाका सीमानाका आज बिहान ६ बजेदेखि बन्द भएका पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए।

जेठ १२ गते अपराह्न ६ बजेसम्म नेपाल– भारत सीमानाका बन्द हुने उनले बताए।

‘दुई मुलुकमध्ये कुनै एकमा निर्वाचनमा हुँदा ४८ घण्टाअगावै सीमानाका बन्द गर्ने परम्पराअनुसार नै नाका बन्द भएको हो’, उनले भने। पर्साको एक सय सात किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट