Techie IT
Samayabaddha
शनिबार, २१ चैत्र, २०८२

चुरे दोहनको समस्या सुनाउन २५ दिन हिँडेर काठमाडौं आइपुगे मधेशवासी


चुरेक्षेत्र संरक्षणसहित १२ बुँदे माग बोकेर सप्तरीदेखि पैदल यात्रा हिँडेको २३ जनाको टोली २५ औं दिनमा आज काठमाडौं आइपुगेको छ । उनीहरु वैशाख १७ देखि निरन्तर पैदलयात्रामा छन् ।

चुरे अतिक्रमण र दोहनले खानेपानीका स्रोत सुक्दै जाँदा आफूहरु काकाकुल हुनु परेको चुरे तथा वन जंगल संरक्षण अभियानका संयोजक सुनिल यादव जानकारी दिए ।

‘हाम्रो पहिलो माग नै चुरे र त्यहाँको वन जोगाउनुपर्‍यो भन्ने हो । अहिले दोहन र अतिक्रमणले गर्दा सबै पानीको स्रोत सुक्यो’, उनले भने ।

चुरेमा भूमिहीनका नाममा भूमाफियाहरुले कब्जा गरिरहेको र त्यसको मार आफूहरुले खेप्नु परेको यादवको भनाइ छ । ‘त्यो जग्गा सबै फिर्ता भएर वास्तविक भूमिहीन पहिचान गर्नुप¥यो । त्यसबाहेक त्यहाँ खुला चरिचरण, डढेलो नियन्त्रण गर्नुपर्‍यो’, उनले भने ।

पैदल यात्रामा सहभागीहरूले प्लास्टिक र टिनको भाँडोमा ‘पानीका लागि रुख बचाऊँ, पानी दे सरकार, चुरे र वनको संरक्षण गर’लगायतका नारा उल्लेख गरेका छन् । यादवले आफूहरु १२ बुँदे माग बोकेर काठमाडौं आएको सुनाए ।

अघिल्लो वर्ष पनि यही माग बोकेर ११ दिन हिँडेर काठमाडौं आएर सहमति गरेको तर सरकारले सहमति पालना नगरेपछि आफूहरु फेरि आन्दोलित हुनुपरेको यादवले बताए । ‘हामीहरु २३ औं दिनमा चन्द्रागिरि आइपुगेका थियौं । कतिपय साथीहरुको खुट्टा पूरै सुन्निइसकेको छ । त्यहाँ केही आराम गरेपछि फेरि हिँड्न सुरु गर्‍यौं’, उनले भने ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट