Techie IT
Samayabaddha
मंगलबार, ५ फागुन, २०८२

कोकोम्हेन्दो साहित्य समाजको मातृभाषामा रचना वाचन कार्यक्रम सम्पन्न


गणतन्त्र दिवसको अवसरमा कोकोम्हेन्दो साहित्य समाज कास्कीले मातृभाषा रचना वाचन कार्यक्रमको आयोजना गरेको छ ।

समाजको आयोजना र पोखरा महानरपालिकाको व्यवस्थापनमा ‘तामाङ मातृभाषाको रचना वाचन तथा साहित्यिक विमर्श’ कार्यक्रम नेपाल तामाङ घेदुङ रिठ्ठेपानी समितिको सभाहलमा सम्पन्न भएको हो ।

आदिवासी जनजाति समुदायका सामाजिक अभियन्ता एवम् युवा नेता पूर्ण ह्योल्मो लामाको प्रमुख आतिथ्यता भएको कार्यक्रममा संस्थाका अध्यक्ष दीपक वाईबा तामाङले सभापतित्व गरेका थिए ।

प्रमुख अतिथि लामाले कुङामा दीप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरेका थिए । कोकोम्हेन्दो साहित्य समाजले शुरुवातदेखि आजसम्म गरेका हरेक कार्यक्रम गतिविधि सह्रानीय रहेको बताउदै उनले भने, ‘कुनै पनि समुदायले साहित्यका क्षेत्रमा बलियो पकड राख्न सके समुदायको भाषा, संस्कार र संस्कृति पनि समृद्ध हुन्छ । हरेक जातजातिको भाषा, लिपी, संस्कार, संस्कृति समान रूपले फुल्न फुलाउन यसलाई सम्पन्न तुल्याउन सबैको तर्फबाट निरन्तर सकरात्मक प्रयास हुनुपर्छ ।’

कार्यक्रममा मनसुब्बा स्याङ्बो, पवित्रा थोकर, राम बहादुर ब्लोन ‘शिबु’, साहित्यकार माधव खतिवडा र मिनमाया डुम्जनले तामाङ भाषामा कविता वाचन गरेका थिए ।

नेपाल तामाङ घेदुङ कास्कीका अध्यक्ष भक्त बहादुर तामाङले शुभकामना मन्तव्य राखेको उक्त कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सदस्य अन्जना डुम्जन र सञ्चालन सचिव मिनमाया डुम्जनको गरेका थिए ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट