Techie IT
Samayabaddha
शनिबार, २० असार, २०८३

गण्डकीका मुख्यमन्त्री पाण्डेले भने: खेल र खेलाडीको विकासका लागि प्रदेश सरकार गम्भीर छ


खेल र खेलाडीको विकासका लागि प्रदेश सरकार गम्भीर छ स् मुख्यमन्त्री पाण्डे
कास्की गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले खेल क्षेत्र र खेलाडीको विकासका लागि प्रदेश सरकार गम्भीर रहेको बताएका छन् ।

पोखरा रङ्शालामा आजदेखि सुरु भएको ‘यु–१५ विद्यालय खेलकुद प्रतियोगिता–२०८०’ को उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले खेल क्षेत्रको विकासका लागि सरकारले विभिन्न कार्यक्रम गरिरहेको बताएका हुन् । “प्रदेश सरकार खेल र खेलाडीको प्रोत्साहनका लागि दत्तचित्त भएर हामी अगाडि बढिरहेका छौँ”, उनले भने, “आगामी दिनमा पनि यहीअनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दर्छौं ।”

ओलम्पिकमा सहभागी खेलाडीको अनुभव आदानप्रदानका लागि गण्डकी प्रदेश सरकारले गत वर्षदेखि ‘स्कुल टु ओलम्पियन’ कार्यक्रम गरिरहेको र प्रदेशबाट ओलम्पिकमा सहभागी खेलाडीहरुलाई आर्थिक सहयोग पनि गरिरहेको उनले जानकारी दिए ।

दुई दिनसम्म चल्ने प्रतियोगितामा एथलेटिक्स, बास्केटबल, रग्बी, टेबलटेनिस, ब्याडमिन्टन र बुद्धिचाल खेलमा सात प्रदेशका छात्रछात्राले प्रतिस्पर्धा गर्ने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले जानकारी दिए ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट