Techie IT
Samayabaddha
शनिबार, २० असार, २०८३

रास्वपा ‘क्लोज क्याम्प’का १५ सुझाव, बैशाखमा महाधिवेशन


राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको बन्द कार्यशाला (क्लोज क्याम्प)बाट पार्टीलाई १५ बुँदे सुझाव दिइएको छ। केन्द्रीय समितिलाई दिएको सुझावमा पार्टीको पहिलो महाधिवेशन आगामी बैशाखमा गर्न पनि सुझाइएको छ।

त्यस्तै आगामी असोजमा राष्ट्रिय भेला गर्नुपर्ने निष्कर्ष समेत  कार्यशालाबाट निकालिएको छ। दुई दिनसम्म चलेको कार्यशालामा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य र केन्द्रीय आयोगका पदाधिकारी सहभागी भएका थिए।

पार्टीको रणनीति तयारीमा समेत सहयोग पुग्ने भन्दै बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरिएको कार्यशालामा ५० जना सहभागी भएका थिए।

कार्यशालाले स्थानीय छाँया सरकारको अभ्यास थाल्न समेत सुझाव दिएको छ। कार्यशालाबाट तयार पारिएका सुझावबारे केन्द्रीय समितिमा छलफल भएर निर्णय हुनेछ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट