Techie IT
Samayabaddha
मंगलबार, १८ कात्तिक, २०८२

रुसका लागि जासुस गरेको आरोप लागेको ह्वेल नर्वेको तटमा मृत भेटियो


रुसले तालिम दिएर जासुसी गर्न प्रयोग गरेको आरोप लागेको ‘ह्वाल्दिमिर’ नामको ह्वेल नर्वेको तट नजिकै मृत अवस्थामा फेला परेको छ । जीवको गतिविधि अध्ययन गर्दै आएको मरीन माइन्ड नामको संस्थाले ‘बलुगा प्रजाति को ह्वाल्दिमिरको शव फेला पारेको हो ।

बलुगा प्रजातिका ह्वेल ६० वर्षसम्म बाँच्छन् । ह्वाल्दिमिरको उमेर १५ वर्ष भएको अनुमान गरिएको तर मृत्युको कारण थाहा भइनसकेको मरीन माइन्डलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

नर्वेले त्यो ह्वेलको नाम ह्वाल्दिमिर राखेको थियो । नर्वेली भाषामा ह्वेललाई ह्वाल भन्ने र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको पहिलो नाम मिसाएर त्यसलाई ह्वाल्दिमिर भन्न थालेको बीबीसीले जनाएको छ ।

पाँच वर्षअघि नर्वेको पानीमा पहिलो पटक देखा परेको ह्वेलको टाउकोमुनि एउटा पट्टी बाँधिएको थियो । त्यसमा गोप्रो क्यामरा जडान गरिएको थियो । त्यसपछि नर्वेले रुसले ह्वेललाई जासुसका लागि प्रयोग गरेको आरोप लगाएको थियो ।

यो विषयमा रुसले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । रुसले पहिलादेखि नै डल्फिनजस्ता समुद्री जीवलाई सैन्य प्रयोजनका लागि तालिम दिँदै आएको थियो ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, रोचक

प्रतिक्रिया


ताजा अपडेट