Techie IT
Samayabaddha
बुधबार, १६ वैशाख, २०८३

रुसले यसै महिना हाइड्रोजन इन्धनबाट चल्ने पहिलो पानीजहाजको परीक्षण गर्ने


रुसले यसै महिना हाइड्रोजन इन्धनबाट चल्ने पहिलो पानीजहाजको परीक्षण गर्ने भएको छ । हाइड्रोजन इन्धनबाट सञ्चालित जहाज इकोबाल्ट यसै महिनाभित्र समुद्री परीक्षणमा जाने स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

१२ जना यात्रुको मनोरञ्जनका लागि डिजाइन भएको यो जहाज हाइड्रोजन इन्धनबाट सञ्चालित इलेक्ट्रोकेमिकल जेनेरेटरले सुसज्जित रहेको क्रिलोभ स्टेट रिसर्च सेन्टर (केएसआरसी) का महानिर्देशक ओलेग साभचेन्कोले बताएका छन्।

रुसी नौसेनाका लागि जहाज डिजाइन, सामग्री र प्रविधिहरूको अग्रणी विकासकर्ता केएसआरसीले यस परियोजनाको नेतृत्व गरिरहेको छ । हाइड्रोजन इन्धनबाट अहिले सानो जहाज चलाउने र यसको परीक्षण सफल भएमा ठूलो जहाज पनि निर्माण गर्ने रुसको योजना छ ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

प्रतिक्रिया


ताजा अपडेट