Techie IT
Samayabaddha
आईतबार, २२ चैत्र, २०८२

आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ


गोरखा, २२ पुस । आफ्नै १५ वर्षीया नाबालिका छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बाबुलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखा जिल्लाको ३६ वर्षीया नाम परिवर्तित जयकुमार रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।

उनका अनुसार गत मङ्सिर २१ गते बेलुका नाबालिका घरमै एक्लै सुतिरहेको अवस्थामा पटकपटक ओछ्यानमा जबरजस्ती समाती जबरजस्ती बलात्कार गरेको आरोपमा पीडित नाबालिकाको आमाले दिएको जाहेरीको आधारमा आरोपीलाई सोमबार लुकिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

पक्राउ परे लगत्तै निजलाई हाड नातामा जबरजस्ती करणी उद्योग कसुर शीर्षकमा सोमबार मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

आफनै बाबु र छोरी भएकाले पालिकाको नाम र स्थायी ठेगान तथा नाम गोप्य राखिएको प्रहरीको भनाइ छ ।

 


क्याटेगोरी : रोचक

प्रतिक्रिया


ताजा अपडेट