Techie IT
Samayabaddha
शुक्रबार, १९ असार, २०८३

अमेरिकाको लस एन्जल्समा अगलागी : मृत्यु हुनेको संख्या २४ पुग्यो


एजेन्सी, २९ पुस । अमेरिकाको लस एन्जल्समा झण्डै एक हप्तादेखि जारी आगलागीबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ। मृत्यु हुनेको संख्या अझै बढ्ने अनुमान छ। लस एन्जल्स काउन्टीका स्वास्थ्य अधिकारीका अनुसार १६ जना बेपत्ता छन्।

आगलागीबाट इटन, प्यालिसेड्स लगायतका ठाउँमा मानवीय क्षति भएको हो। सबैभन्दा धेरै प्यालिसेड्समा आगलागीबाट २३ हजार एकडभन्दा बढी क्षेत्र जलेर ध्वस्त भएको छ। क्यालिफोर्नियाका मौसम वैज्ञानिकले आगो अझै तीव्र गतिमा फैलिने र ठूलो भौतिक क्षति पुग्न सक्ने चेतावनी दिएका छन्।

तीव्र गतिमा हावा चलेका कारण आगो नियन्त्रणको प्रयास सफल हुन सकेको छैन। अमेरिकी एक कम्पनीले आगलागीबाट अहिलेसम्म २ सय ५० देखि २ सय ७० अर्ब अमेरिकी डलर बराबरको क्षति भएको अनुमान गरेको छ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट