Techie IT
Samayabaddha
शनिबार, २० असार, २०८३

आइसिसी यू–१९ महिला टी–२० विश्वकप : नेपाल स्कटल्याण्डसँग खेल्दै


काठमाडौं, ६ माघ । आइसिसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेटमा नेपालले आज दोस्रो खेल खेल्दैछ।

मलेसियामा जारी खेलमा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ। मलेसियाको बंगीस्थित वाइएसडी(युकेएम क्रिकेट ओभलमा नेपाली समयअनुसार खेल दिउँसो सवा १२ बजेदेखि सुरू हुनेछ।

नेपाल पहिलो खेलमा बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो। त्‍यतिबेला नेपालको ब्याटिङ चल्न नसक्दा ५२ रनमै अल आउट हुन पुगेको थियो।

आज त्यसलाई सुधार गर्दै जितको खोजीमा नेपाल हुनेछ। स्कटल्याण्ड पनि पहिलो खेलमा अस्ट्रेलियासँग पराजित भएको थियो।

समूह डी मा रहेको नेपाललाई सुपर सिक्समा पुग्न कम्तिमा एक खेल जित्नुपर्ने हुन्छ। समूह चरणको अन्तिम खेल नेपालले बुधबार अस्ट्रेलियासँग खेल्नेछ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट