Techie IT
Samayabaddha
शनिबार, २० असार, २०८३

अमेरिकी एयरलाइन्सको विमान आकाशमै हेलिकप्टरसँग ठोक्किँदा १८ जनाको मृत्यु


वासिङटन डिसी, १७ माघ । वासिङ्टन डीसीमा अमेरिकन एयरलाइन्सको विमान आकाशमै हेलिकप्टरसँग ठोक्किएर भएको दुर्घटनास्थलबाट हालसम्म १८ जनाको शव निकालिएको बीबीसी समाचारमा उल्लेख छ।

प्रहरी अधिकारीहरूले अहिलेसम्म घटनास्थलबाट १८ जनाको शव निकालेको जनाएको छ। थप हराएकाहरुको खोजीकार्य जारी रहेको छ।

खोजी टोलीले अहिलेसम्म घटनास्थलबाट कोही पनि जीवित फेला पार्न सकेको छैन। यसअघि अमेरिकन एयरलाइन्सले विमानमा ६० यात्रु र ४ जना चालक दलका सदस्य रहेको बताएको थियो।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

प्रतिक्रिया


ताजा अपडेट