Techie IT
Samayabaddha
शनिबार, २० असार, २०८३

अष्ट्रेलियामा नेपाल झल्किने तस्विर प्रदर्शनी


काठमाडौं, २२ माघ । अष्ट्रेलियाको सिड्नीमा नेपाल झल्किने तस्विर प्रदर्शनी गरिएको छ। अष्ट्रेलिया–नेपाल न्यूजको ११औँ वार्षिकोत्सवका अवसरमा मनघरी फाउण्डेसनले फोटोग्राफर भरतबन्धु थापाका तस्विर प्रदर्शनी गरेको हो।

प्रदर्शनीमा नेपालको सातै प्रदेश समेटिने २२ तस्विर राखिएका थिए। कार्यक्रममा अष्ट्रेलियाका लागि नेपालकी राजदूत यादवले नेपालको विकासका लागि पर्यटन प्रवर्धनमा जोड दिन प्रदर्शनीले महत्त्वपूर्ण भूमिका खेल्ने बताइन्।

न्यू साउथ वेल्सका वाणिज्यदूत सञ्जीव शर्माले नेपालको विविधतापूर्ण परिदृश्य र साँस्कृतिक सम्पदा तथा नेपाली मुहार प्रस्तुत गरेकोमा फोटोग्राफर थापाप्रति आभार व्यक्त गरे।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

प्रतिक्रिया


ताजा अपडेट