Techie IT
Samayabaddha
बुधबार, २६ कात्तिक, २०८२

झोलुङ्गे पुल मर्मत गर्ने क्रममा भेरी नदीमा खसेर २ जना बेपत्ता


काठमाडौं । सुर्खेतमा झोलुङ्गे पुल मर्मत गर्ने क्रममा नदीमा खसेर दुई जना बेपत्ता भएका छन् ।

बराहताल गाउँपालिका वडा नम्बर ४ को कुटा र पञ्चपुरी नगरपालिका वडा नम्बर १० को चाम्री जोड्ने झोलुङ्गे पुल मर्मतका क्रममा दुई जना मजदूर भेरी नदीमा खसेर बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेहरूमा रुकुम पूर्वको सिस्ने गाउँपालिका–२ का २४ वर्षका अनिल घर्ती र १८ वर्षका अर्जुन झाक्री मगर रहेका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले उनीहरूको खोजी गरिरहेका छन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट