श्रम संस्कृति पार्टीको वरिष्ठ नेतामा सुदन किराती
काठमाडौं । पूर्वमाओवादी नेता सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । उनले हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा वरिष्ठ नेताको जिम्मेवारी पाउने सहमतिपछि उनी सो पार्टीसँग एकतावद्ध हुने भएका हुन् ।
सुदन किरातीले श्रम संस्कृति पार्टीमा एक उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्यहरु पनि पाउने सहमति भएको जनाइएको छ । जसको औपचारिक घोषणा आज काठमाडौंको बागबजारस्थित हार्दिक होटलमा अपराह्न हुनेछ ।
क्याटेगोरी : राजनीति



















प्रतिक्रिया