Techie IT
Samayabaddha
शुक्रबार, १९ असार, २०८३

काठमाडौंको कमलपोखरीमा ग्यास सिलिन्डर विष्फोट, १४ जना घाइते


काठमाडौं, २४ माघ । काठमाडौंको कमलपोखरीमा ग्यास सिलिन्डर विष्फोट हुँदा १४ जना घायते भएका छन् ।

आज बिहान पौने ९ बजेको समयमा उक्त विष्फोट हुँदा घायते भएका ११ जनालाई अस्पताल लगिएको छ भने तीन जना सामान्य छन्।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालका अनुसार त्यहाँस्थित सानदार मःम पसलमा ग्याँस सिलिण्डर पड्किएको हो। घाइते हुनेहरु पनि सोही पसलका कामदार हुन्।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ। उदयपुरका २४ वर्षीय संजोग मगर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरुमध्ये पाँच जनालाई कीर्तिपुरको बर्न अस्पतालमा लगिएको छ।

सिलिण्डर विष्फोटपछि घरको सिलिङ भत्किएर खसेको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट