Techie IT
Samayabaddha
बिहीबार, २५ असार, २०८३

रवि लामिछानेको सांसद पद निलम्बन फुकुवा गर्न रास्वपाको माग


काठमाडौं, २५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेको सांसद पद निलम्बन फुकुवा गर्न माग गरेको छ। प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपाको कार्यबहाक सभापति एवं सांसद डोल प्रसाद अर्यालले उक्त माग गरेका हुन्।

उनले भने,’थुनामा नरहेको अवस्थामा सांसद पद निलम्बन नहुने व्यवस्थालाई कार्यान्वयन गर्दै रवि लामिछानेको सांसद पद निलम्बन फुकुवा गर्न सभापतिमार्फत् अनुरोध गर्दछु।’ उनले सभापति लामिछानेमाथि राजनीतिक दलहरूले प्रतिशोध साँध्न खोजेको आरोप लगाए।

सहकारी ठगी प्रकरणमा गत कार्त्तिक २ गते पक्राउ परेका लामिछाने हाल धरौटी बुझाएर रिहा भएका छन्। सहकारी ठगी प्रकरणमा काठमाडौंमा ६० लाख, कास्कीमा ६५ लाख ,रुपन्देहीमा १ करोड र चितवनमा ५४ लाख धरौटी बुझाएर उनी रिहा भएका छन्।

उनीमाथि विभिन्न जिल्लामा सहकारी ठगी, संगठित अपराध,सम्पत्ति शुद्धिकरण कसूरमा मुद्दा दायर भएको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट