बर्षमानसँग अनौपचारिक कुराकानी गर्न पनि सचेत हुनुपर्ने देखियो : शंकर पोखरेल

काठमाडौं । एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादीका उपमहासचिव वर्षमान पुनमाथि गम्भीर आरोप लगाएका छन् । पोखरेलले बर्षमान पुनसँग अनौपचारिक कुराकानी गर्न पनि सचेत हुनुपर्ने पो देखियो भन्दै दुई नेताहरुका वीचमा शिष्टाचारवस हुने कुराकानीलाई पुनले एमाले महासचिवको याचना भनेर प्रचारवाजी गरेको आरोप लगाएका हुन ।
महासचिव पोखरेलले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्नै भनेका छन् “पार्टीका जिम्मेवार नेताले कतिपय सवालमा समय समयमा आवश्यक ठानिएका व्यक्ति र पक्षसंग अनौपचारिक रुपमा कुरा गर्दछ । अनौपचारिक रुपमा गरिएका कुरा सार्वजनिक खपतका विषय नहुन सक्दछन् । त्यस्ता कुराकानीलाई सार्वजनिक गर्नु उचित मानिदैन ।”
अनौपचारिक रुपमा भएको कुराकानीलाई माओवादी उपमहासचिव पुनले ‘याचना भनेर प्रचारबाजी गरेको भन्दै एमाले महासचिव पोखरेलले आपत्ति जनाएका छन् ।
शनिबार पुनले आफूसँग एमाले महासचिव पोखरेलले अध्यादेश पारित गर्न सहयोग मागेको बताएका थिए ।
पोखरेलले पुनले भनेजस्तै सहयोगको याचना आवश्यक नपरेको समेत सार्वजनिक गरेका छन् । त्यस्तो सहयोग आवश्यक भएकै भए सिधै माओवादी अध्यक्ष प्रचण्डसँग माग्ने उनले बताए ।
महासचिव पोखरेलले “वर्षमानजीलाई फोन गरेकै कारणले वलियो राष्ट्रिय शक्ति निर्माणको आवश्यकता र औचित्य खण्डित भएको माओवादीका नेता कार्यकर्ताको प्रचारवाजी वचकनापन वाहेक केही नभएको” भन्दै रोष प्रकट गर्दै यस प्रकारको विचारप्रति सहानुभूती मात्र प्रकट गर्न सकिने उनले बताएका छन् ।
पोखरेलले राजनीतिक ध्रुविकरणका सन्दर्भमा नेकपा (एमाले) को नीति स्पष्ट भन्दै विगतमा नेताका टाउका जोडेर गरिएको पार्टी एकता असफल भएको भन्दै अव पुनः त्यही काम गर्न उचित उचित नभएको जिकिर गरेका छन् । उनले कार्यकर्ताका मन जोडेर बलियो कम्युनिष्ट आन्दोलको निर्माण अवको बाटो भएको बताउँदै वर्षमानजीलाई फोन गर्नुको अन्तर्य त्यसका लागि वातावरण तयार गर्नु पनि त हुन सक्दछ भनेर आफूलाई बचाउन कोशिश गरेका छन् ।
नेता पोखरेलले लेखेका छन्– “राजनीतिक स्थायित्वका लागि बलिया दलहरुको निर्माण गर्नु पर्दछ भन्ने विचारको उद्देश्य साना राजनीतिक दलहरुलाई संवैधानिक र कानूनी रुपमा निषेध गर्नु होइन र त्यसो गरिने पनि छैन । बलियो राष्ट्रिय शक्तिको निर्माण राजनीतिक धू्रविकरणको बाटोबाट हासिल गरिने विषय हो । अहिलेको हंग पार्लियामेन्ट भित्रको धेरै दलसंगको सहकार्यले त्यसको औचित्य खण्डित हँुदैन । वरु त्यसको महत्वलाई वर्तमान घटनाक्रमले झनै पुष्टि गरेको छ ।”
क्याटेगोरी : राजनीति
प्रतिक्रिया