नेपाल–पाकिस्तान मैत्री टी-२० क्रिकेट प्रतियोगिताको समापन समारोह

काठमाडौं । नेपाल–पाकिस्तान मैत्री टी-२० क्रिकेट प्रतियोगिताको १०औं संस्करणको समापन तथा पुरस्कार वितरण समारोह आज काठमाडौंमा सम्पन्न भयो । यो प्रतियोगितामा विभिन्न १२ क्लबका टिमहरूले सहभागिता जनाएका थिए ।
समारोहमा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्य प्रमुख अतिथिको रूपमा उपस्थित रहे । उनले प्रतियोगिताको विजेता हिमालयन क्रिकेट एकेडेमीलाई ट्रफी प्रदान गरे, जबकि एन्जल्स स्पोर्ट्स एकेडेमी दोस्रो स्थानमा रह्यो ।
समारोहमा विभिन्न कूटनीतिक तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
विशिष्ट अतिथिहरूमा मिस्रकी राजदूत नोहा हम्दी अहमद एलगेबाली, चीनका राजदूत छेन सुङ, आइसिमोडका महानिर्देशक डा. पेमा ग्यात्सो, बंगलादेशका कार्यवाहक राजदूत हुमायुन कबिर, चीन दूतावासका राजनीतिक तथा मिडिया निर्देशक यु पेंगचेंग, ग्लोबल आईएमई बैंकका सीईओ सुरेन्द्रराज रेग्मी, नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक संघका अध्यक्ष मञ्जु रत्न शाक्य तथा के-टू एभरेस्ट सोसाइटीका अध्यक्ष रबि राज शाही सहभागी थिए ।
यसबाहेक पत्रकारहरू, नागरिक समाजका प्रतिनिधिहरू, नेपाली तथा पाकिस्तानी समुदायका सदस्यहरू र दूतावासका अधिकारीहरूको पनि उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि ध्रुव आचार्यले पाकिस्तान दूतावासको प्रयासको प्रशंसा गर्दै यो प्रतियोगिता काठमाडौंको खेलकुद क्यालेन्डरमा स्थान बनाइसकेको उल्लेख गरे । उनले प्रतियोगिताले नेपाली युवा क्रिकेट खेलाडीहरूलाई अवसर प्रदान गरेको बताए ।
पाकिस्तानका राजदूत अबरार एच. हाशमीले आफ्नो समापन मन्तव्यमा आगामी दिनमा पनि यस्ता प्रतियोगिताहरू आयोजना गर्दै नेपाल–पाकिस्तानका युवाहरूलाई जोड्ने प्रतिबद्धता जनाए । उनले विजेता टोलीलाई बधाई दिँदै प्रतियोगिताका सबै सहभागी टिम, प्रमुख अतिथि, विशिष्ट अतिथिहरू तथा प्रायोजक संस्था हिमालयन बैंक लिमिटेड र आईएमई ग्लोबल बैंकलाई धन्यवाद व्यक्त गरे ।
यो प्रतियोगिता खेलकुदको माध्यमबाट नेपाल–पाकिस्तान मित्रतालाई थप सुदृढ बनाउने उद्देश्यसहित आयोजना गरिएको थियो ।
क्याटेगोरी : खेलकुद
प्रतिक्रिया