Techie IT
Samayabaddha
मंगलबार, १३ असोज, २०८३

युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई खनिज सम्झौताका लागि वार्तामा फर्किन अमेरिकाको आग्रह


अमेरिकी अधिकारीहरुले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले महत्त्वपूर्ण खनिज सम्झौताका लागि वार्तामा फर्किनुपर्ने बताएका छन् ।

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले युक्रेनको महत्त्वपूर्ण खनिजमा अमेरिकी पहुँचमा सम्झौता गर्न आवश्यक रहेको बताएका हुन्।

यसअघि जेलेन्स्कीले युक्रेनको खनिज सम्पदाको एक हिस्सा अमेरिकालाई युद्धकालीन सहायताको लागि फिर्ता गर्न सम्झौता गर्ने अमेरिकी योजनालाई अस्वीकार गरेका थिए।

बीबीसीका अनुसार अमेरिकाले सम्झौतामा कुनै विशेष सुरक्षा ग्यारेन्टीहरू प्रस्ताव नगरेको युक्रेनको भनाइ थियो ।

राष्ट्रपति ट्रम्पको प्रस्ताव अस्वीकार गरेर यो हप्ताको सुरूमै युक्रेनले उनको अपमान गरेको भन्दै अमेरिकी अधिकारीहरुले युक्रेनको आलोचना गरेका खबरमा उल्लेख छ ।

युक्रेनमा लिथियम र टाइटेनियमसहित महत्त्वपूर्ण तत्व र खनिजहरूको ठूलो भण्डार छ । युक्रेनमा दुर्लभ खनिजहरूमा अमेरिकी पहुँचलाई सहायताको बदलामा साटासाट गर्न सकिने अमेरिकाको सुझाव दिँदै आएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट