Techie IT
Samayabaddha
मंगलबार, १३ असोज, २०८३

जेलेन्स्कीले बेलायतले दिने भनेको २.२६ विलियन पाउण्ड पनि हतियार किन्न प्रयोग गर्ने


काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बेलायतले दिने भनेको २.२६ विलियन पाउण्ड समेत हरियार किन्न प्रयोग गर्ने बताएका छन् । ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग चर्काचर्की गरेर संयुक्त अधिराज्य (युके) अर्थात् बेलायत पुगेका जेलेन्स्कीले बेलायती प्रधानमन्त्री कीर स्टार्मरले घोषणा गरेको सहायता रकम समेन हतियार खरिद गर्न प्रयोग गर्ने बताएका हुन् ।

ह्वाइट हाउसको यात्रापछि डाउनिङ्ग स्ट्रीट पुगेका जेलेन्स्कीले युद्धको सुरुवातदेखि नै बेलायतले देखाएको समर्थनका लागि धन्यवाद ज्ञापन गरे । जेलेन्स्कीले बेलायती किंग चाल्र्ससँग समेत भेट गर्ने कार्यक्रम छ ।

जेलेन्स्कीको ह्वाइट हाउस प्रवेश तथा बहिर्गमनको विश्वव्यापी चर्चा छ । त्यस दौरान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनताको भावनामाथि खेलवाड गरेर तेस्रो विश्वयुद्ध निम्त्याउन खोजेको आरोप लगाए भने जेलेन्स्कीले त्यसको चर्को प्रतिवाद गरेका थिए । जस कारण उनलाई ह्वाइट हाउसबाट निस्किन भनिएको थियो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट