Techie IT
Samayabaddha
बुधबार, २७ जेठ, २०८३

पत्रकार मोहिनी मिश्रको निधन


काठमाडौं, १९ फागुन । पत्रकार मोहिनी मिश्रको ५६ वर्षको उमेरमा निधन भएको छ।

क्यान्सरको उपचार गराइरहेकी उनको मेडिसिटी अस्पतालमा उपचारका क्रममा सोमबार बिहान निधन भएको हो। ललितपुर महानगरपालिका १८ बस्ने उनी दुई वर्षदेखि पेटसम्बन्धी रोगबाट पीडित थिइन्।

उनले राष्ट्रिय समाचार समिति (रासस) मा दुई दशकभन्दा बढी काम गरेकी थिइन्। नेपाल पत्रकार महासंघ रासस प्रतिष्ठान शाखामा वरिष्ठ उपाध्यक्ष समेत रहेकी मिश्रले स्वास्थ्यका कारण सेवाबाट स्वेच्छिक अवकाश लिएकी थिइन्।

मिश्रका एक छोरा छन्। आजै पशुपति आर्यघाटमा मिश्रको अन्तिम दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।


क्याटेगोरी : साहित्य

प्रतिक्रिया


ताजा अपडेट