Techie IT
Samayabaddha
सोमबार, २४ कात्तिक, २०८२

६२ जना यात्रु बोकेको बुद्ध एयरको चरम लापरवाही, के छ उडान अघिको नियमन ?


काठमाडौं– बिहीबार जनकपुरबाट काठमाडौं आएको बुद्ध एअरको जहाजको एक पांग्रा जनकपुरमै छोडेको भेटिएपछि बुद्ध एयरको चरम लापरवाही पुष्टि भएको छ ।

बुद्ध एयरको एटीआर ७२ जहाज अगाडिको एउटा पांग्राबिना नै जनकपुरबाट उडान भरेको थियो । जहाजको पांग्रा नभएकोबारे चालकदलका सदस्यहरूलाई काठमाडौं ल्याण्ड हुने बेलामा मात्र जानकारी भएको हो ।

बुद्ध एयरले पांग्रा बिनै उडान भरिएको स्वीकार गरेको छ । काठमाडौं आइपुगेपछि मात्र अगाडिको पांग्रा नभएको थाहा भएको कम्पनीले जनाएको छ ।

त्यस्तै, जनकपुर विमानस्थलमा जाँच गर्दा पांग्रा धावनमार्गमै फेला परेको र यो विषयमा अनुसन्धान सुरु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जनाएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले भने जनकपुरबाट काठमाडौं आएको विमानको पांग्रा नभएको विषयमा पार्किङमा पुगेपछि मात्र थाहा भएको र यसको अनुसन्धान अघि बढिसकेको बताए । पांग्रा खोजी गर्दा जनकपुर विमानस्थलमै छुटेको पाइएको पनि भूललै बताए ।

उक्त जहाजमा ६२ यात्रु रहेका थिए । उक्त जहाजले जनकपुरबाट काठमाडौंका लागि दिउँसो ४ बजे उडान भरेको थियो ।

के पाग्रा विना नै उड्न सक्छ जहाज ?

जहाजलाई टैकअफ अथाव उड्ने बेलामा रनवेमा दौडेर गति लिने क्रममा पाङग्राको आवश्यकता पर्छ । यदि पाङ्ग्रा नै नभएको अवस्था छ भने टेकअफ असम्भव हुन्छ । तर जहाज आकासमा उडिसकेपछि भने पाग्राको आवश्यकता पर्दैन । किनभने ल्याण्डिङ गियर (पाङग्रा) सामान्यतः फोल्ड गरेर राखिएको हुन्छ । तर ल्याडिङ अवतरणको बेला पाङ्ग्रा नुहँदा ठूलो समस्या आउन सक्ने बताइन्छ ।

के छ उडान अघिको नियमन ?

यात्रुलाई जहाजमा राखेर गन्तव्यमा पुयाउँदासम्म चालकदलले नियमनकारी निकायले तोकेका दर्जनौं उडान सञ्चालनसँग सम्बन्धित नियम अनिवार्य पालना गर्नैपर्छ ।

कतिसम्म भने जहाजको इन्जिन स्टार्ट गर्न, एप्रोनबाट ट्याक्सी–वे अनि धावनमार्गको समानान्तर बनाइएको प्यारालल ट्याक्सी–वेमा जहाज गुडाउन, धावनमार्गमा लाइनअप हुन अनि उड्न पाइलटलाई अनिवार्य क्लिेरेन्स (अनुमति) चाहिन्छ ।
यस्ता अनुमति जहाज भुइँमा छँदा मात्रै होइन आकाशमा उडिरहँदा पनि अनिवार्य लिनै पर्छ ।

एउटा उडान सुरु भएदेखि गन्तव्यमा पुग्दासम्म चालकदलका विभिन्न अनुरोधमा अनुमति दिने हरेक विमानस्थलको अग्लोघर (टावर) मा बस्ने एयरट्राफिक कन्ट्रोलर अर्थात् ए.टी.सी. महत्वपूर्ण भूमिका हुन्छ ।

नेपालमा हवाई यातायातको विकास गर्ने र गैरसैनिक उडानहरू भर्ने वायुसेवा कम्पनीहरूको नियमन गर्ने मुख्य जिम्मेवारी वहन गर्ने निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण हो । देशभित्रको आकाश, यसको नियन्त्रणमा रहन्छ ।

प्राधिकरणका सहायक प्रवक्ता तथा ए।टी।सी। ज्ञानेन्द्र भुलकाअनुसार, कुनै पनि जहाजको पहिलो उडान हुनु भन्दा कम्तीमा २ घन्टाअघि प्राविधिक र इन्जिनियरले उक्त विमानलाई जाँच गरिसकेको हुनुपर्छ । यो नियमित काम पनि हो ।
दैनिक हुने भएकाले यसलाई डेली इन्स्पेक्सन (डीआई) पनि भनिन्छ ।

यस्तो जाँच गर्न प्राविधिक/इन्जिनियरको हरेक वायुसेवा कम्पनीमा छुट्टै एकाइ हुन्छ । यस्तो शाखामा रहने प्राविधिकले सबैभन्दा पहिले त्यो जहाजको टेक्निकल प्रोफाइल समेटिएको ‘एयरक्राफ्ट लगबुक हेर्नुपर्छ । जहाजको लगबुकमा त्यसका प्राविधिक तथा मर्मतसम्भार आदिका जानकारी र डेटा राखिएका हुन्छन् ।

Buddha Air Aircraft जहाजको यान्त्रिक खोपकार्ड जस्तै हो । कुनै पनि उडान भर्दा पाइलटले उक्त जहाजमा सामना गर्नुपरेका समस्या तथा मर्मत गरिनुपर्ने विषयमा त्यही लगबुकमा लेखेर छाड्छन् । उडान सकिसकेपछि जहाज एप्रोनमा राखिएका बेला प्राविधिकले सबैभन्दा पहिले त्यही लगबुक हेरेर जहाजको ‘स्वास्थ्य अवस्था’ थाहा पाउँछन् । कुनैबेला जहाजको इन्जिन स्टार्ट गरेर पनि जाँच्नुपर्ने हुनसक्छ । त्यस्तो अवस्था आइपर्दा इन्जिन स्टार्टको अनुमति प्राप्त लाइसेन्स भएका प्राविधिकले ‘आइडल’ अवस्थामा इन्जिन स्टार्ट गरेर जाँचपड्ताल गर्न सक्छन् ।

त्यसमा कुनै समस्याबारे नलेखिएको भए उनीहरूले जहाजलाई उडानमा छाड्नुअघि अनिवार्य जाँच्नुपर्ने उपकरण जाँचेर मात्र इन्जिनियरले जहाज पाइलटलाई ह्याण्डओभर–टेकओभर (बुझाउने प्रक्रिया) गर्नुपर्छ ।

‘कतिपय इन्जिनियरले इन्जिन रनअप गर्दा आइडल पावरमा गर्न पाउछन् तर ए.टी.सी.को अनुमति लिनैपर्छ,’ सहायक प्रवक्ता भुल भन्छन, ‘यसरी जाँचपड्ताल भइसकेपछि इन्जिनियरले जहाज पाइलटलाई दिएको र पाइलटले जहाज स्वीकारेको डकुमेन्टमा हस्ताक्षर पनि गरेको हुनैपर्छ ।

कुनै यन्त्र वा उपकरणबारे ब्रिफ गर्नुपर्ने भए इन्जिनियरले त्यसैबेला पाइलटलाई भन्छन् पनि । जहाज प्राविधिकहरूले पाइलटलाई हस्तान्तरण गरेपछि फेरि पाइलटले जहाजलाई सरसर्ती हेर्छन । इन्जिनका ब्लेड घुमाउँछन् । पखेटा हेर्छन । ल्यान्डिङ गियर, पाङग्रा अनि तीनमा हावाको चाप आदि निरीक्षण गर्छन् । उडान सुरक्षाका लागि अपनाइने यो प्रक्रियालाई ‘वाक–अराउड’ भनिन्छ ।

यी कामसँगै अब पाइलटले फ्लाइट डिस्प्याचरसँग केही प्रक्रियागत काम सक्नुपर्छ । फ्लाइट डिस्प्याचर उडान सञ्चालन गराउने संयोजनकारी व्यक्ति हुन् । तीनले पाइलटलाई गन्तव्यको मौसमी विवरण, यदि गन्तव्यमा जान नसकिने भएमा पहिलो र दोस्रो वैकल्पिक विमानस्थल जाने रुटको मौसम, उड्डयनकर्मीका लागि प्रवाह हुने आकस्मिक सुचना (नोटाम), वायुमण्डलीय चापसँंग सम्बन्धित क्युएनएच, फ्लाइट प्लान आदि कागजपत्र बुझाउँछन् ।

डिस्प्याचरले पाइलटलाई उडानको तरखरमा रहँदा बुझाउने फ्लाइट प्लानको हार्ड र सफ्ट कपी अघिल्लो दिनमै विमानस्थलको टावरलाई बुझाइसकेको हुन्छ । फ्लाइट प्लानमा विमानको जानकारी, उडान नम्बर, रजिस्ट्रेसन, गन्तव्य, रुट, उडान गरिने प्रक्रिया, वायुयानले लिने गति, त्यसमा भएका उपकरणरयन्त्र, इन्धनको मात्रा, यात्रु संख्या लगायतका विवरण हुन्छन् ।

डिस्प्याचरसँग लिनुपर्ने जानकारी पाइसकेपछि अब पाइलटले विमानस्थलको एरोड्रम कन्ट्रोल टावर अन्तर्गत ग्राउन्ड मात्रै हेर्ने जिम्मेवारी पाएको ग्राउन्ड कन्ट्रोल टावरलाई सम्पर्क गर्नुपर्छ । पाइलट र त्यो टावरमा रहेका ए.टी.सी.बीच भीएचएफ सञ्चार प्रणालीबाट सम्पर्क हुन्छ । यसरी प्रक्रिया पु¥याएर कुनै पनि जहाजले उडान लिनुपर्छ ।

हिजो भएको बुद्धएयरको लापरवाहीले ६२ यात्रुको ज्यान त बच्च सफल भएको छ तर लापरवाहीलाई बुद्धएयर कम्पनीले तुरुन्तै कारवाही गरोस् जब कि भविष्यमा यस्ता गल्तीका कारण नागरिकको ज्यान जोखिममा नपरोस् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट