Techie IT
Samayabaddha
मंगलबार, १८ कात्तिक, २०८२

युगाण्डामाथि नेपालको जित


काठमाडौं, २५ फागुन । वुमन्स डे कप २०२५ अन्तर्गतको दोस्रो खेलमा नेपालले युगान्डालाई १ विकेटले पराजित गरेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको युगान्डाले निर्धारित २० ओभरमा युगान्डालाई ७५ रनमा सीमित गरेको थियो।

युगान्डाले दिएको ७६ रनको लक्ष्य पछ्याएको नेपालले १९.५ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। नेपालका लागि डेब्युटेन्ट साना प्रविनले सर्वाधिक १७ रन बनाइन्। ओपनर सम्झना खड्का ८ रनमा रन आउट भइन्। कप्तान इन्दु बर्मा ९ रन, पूजा महतोले १६ रन बनाइन्। रुबिना क्षेत्री ९ बलमा १० रन बनाउँदै रन आउट भइन्।

अन्तिम ओभरमा ६ रन चाँहिदा ईश्वरी विष्ट र रिया शर्माले अविजित रहँदै पूरा गरे। ईश्वरी विष्ट ३ रन र रिया शर्मा ४ रनमा अविजित रहिन्। युगान्डाका लागि जनेत बाबाजीले सर्वाधिक ३ विकेट लिइन्। सारा वालाजाले २ विकेट लिइन्। त्यसअघि ब्याटिङ गरेको घरेलु टिम युगान्डाका लागि ओपनर इमाकुलेट नाकिसुयीले सर्वाधिक २२ रन बनाइन्।

मालिसा आरिओकोटले ११ रन, स्टेफेन नाम्फिनाले १४ रन बनाउँदा अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालका लागि पूजा महतोले सर्वाधिक ३ विकेट लिइन्। कप्तान इन्दु बर्माले २ विकेट लिइन्। पहिलो खेलमा नेपाल नामिबीयासँग डकवर्थ लेविसमा ६ विकेटले पराजित भएको थियो।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट