होलीको दिन के गर्न हुन्छ, के हुँदैन ? यस्तो छ पौराणिक मान्यता

काठमाडौं, २९ फागुन । वर्षभरीको प्रतिक्षापछि रंगहरुको पर्व होली आउँछ । यो हिन्दु धर्मालम्बीहरुको ठूलो पर्वहरु मध्येको एक हो । हिन्दू पन्चाङ्ग अनुसार फागुन शुक्ल पक्षको अष्टमी तिथिदेखि होलाष्टक शुरु भएर फागु पूणिर्माको दिन समाप्त हुन्छ । यसपटक काठमाडौं उपत्यकासहित पहाडी भूभागमा फागुन २९ गते तथा तराईमा चैत १ गते होली मनाइँदैछ ।
धार्मिक मान्यता अनुसार होलाष्टकको क्रममा कुनै पनि मांगलिक कार्य (विवाह, वहान खरिद गर्ने अथवा नयाँ घर किन्ने जस्ता मंगल कार्य) गर्नु हुँदैन । होलीको दिन पूजा-पाठ गर्नाले र भगवानको स्मरण र भजन गर्नाले शुभ फल प्राप्ति हुन्छ ।
के हो होलाष्टक ?
होलीको दिन भन्दा ८ दिन अगाडिका दिनहरुलाई होलाष्टक भनिन्छ । हिन्दु क्यालेन्डर अनुसार फागुन मास शुक्ल पक्षको अष्टमीदेखि पूर्णिमा तिथिसम्म होलाष्टक मनाइन्छ । ज्यातिष शास्त्रका अनुसार होलाष्टकको ८ दिनमा मांगलिक कार्य गर्न निषेध हुन्छ । यो समयमा कुनै पनि मांगलिक कार्य गर्नुलाई अशुभ मानिन्छ ।
होलीका दिन गर्न नहुने कुराहरु
विवाह
होलीको पूर्व ८ दिनमा बिर्सेर पनि विवाह गर्नु हुँदैन । यो समय यदि कुनै विशेष योग अथवा अन्य केही छैन भने विवाहका लागि शुभ मानिँदैन ।
नामकरण एवं मुण्डन संस्कार
होलीको दिन आफ्नो बच्चाको नामकरण अथवा बर्तवन्ध जस्ता संस्कार गर्नु हुँदैन ।
भवन निर्माण
होलीको समयमा कुनै पनि भवन निर्माण कार्यको प्रारम्भ गर्नु हुँदैन । होलीपछि मात्र नयाँ भवन निर्माणको कार्य शुभारम्भ गर्नु पर्छ ।
शिवलाई आफ्नो तपस्या भंग भएको देखेर अति नै रिस उठ्यो । जसका कारण उनले आफ्नो तेस्रो आँखा खोले । उनको तेस्रो आँखाबाट क्रोधयुक्त अग्नि निस्केर कामदेवलाई भस्म गरिदियो ।
हवन-यज्ञ
होलीको दिन कुनै पनि यज्ञ अथवा हवन अनुष्ठान गर्ने सोच्नु भएको छ भने त्यसलाई होली पछाडि गर्नु पर्छ । यो समयमा त्यस्ता अनुष्ठान गराउनाले त्यसको तपाईंले अपूरो फल प्राप्त गर्नु हुन्छ ।
जागिर
होलीको समयमा नयाँ जागिरको थालनी गर्नु हुँदैन । यदि होलीपछिको समय जागिरको थालनी भयो भने राम्रो हुन्छ । अन्यथा यसका लागि कुनै ज्यातिषाचार्यसंग शुभसाइत देखाउनु पर्छ ।
भवन र वाहन आदिको खरीदारी
सम्भव छ भने होलीको दिन भवन, वाहन आदिको खरीदारी गर्नबाट बच्नु पर्छ । शगुनको रुपमा पनि पैसा अथवा अन्य कुरा दिनु हुँदैन ।
होलीको दिन पुजा अर्चना गर्नु पर्छ
होलीको समयमा अशुभ हुने भएकाले मांगलिक कार्यहरु गर्नु हुँदैन । तर होलीको दिन भगवानको पुजा-अर्चना गरिन्छ । यो समयमा तपाईंले आफ्नो ईष्टदेवताको पूजा-अर्चना इत्यादि गर्न सक्नु हुन्छ ।
होलिका दहन
होलि पर्वलाई पहाडमा भन्दा पनि तराईमा विशेष उल्लासका साथ मनाइन्छ । तराईमा होलीको भिन्दै किसिमको महत्व पनि रहेको छ । होलिका दहन, होली पर्वको पहिलो दिन फागुन महिनाको पूणिर्माका दिन मनाइन्छ । होलीको अघिल्लो दिन तर्राइमा रंगहरु खेल्ने परम्परा छ, जसलाई धुलेडी, धुलंडी र धुलि आदि नामहरुले पनि चिनिन्छ । होली पर्वलाई असत्यमा सत्यको विजयको उपलक्ष्यमा पनि मनाइन्छ । पूर्णिमाको दिन होलिका दहन गरिन्छ ।
होलिका दहन, जसलाई सानो होली पनि भनिन्छ, यसको अघिल्लो दिन पूर्ण हर्षोल्लासका साथ रंग खेल्ने विधान रहेको छ र अबीर-गुलाल आदि एक-अर्कालाई लगाएर र अकंमाल गरेर यो पर्वलाई मनाइन्छ ।
होलिका दहनको इतिहास
होलिको महत्व
बारेमा प्राचिनकालदेखि नै रहिआएको छ । यसको बारेमा ग्रन्थहरुमा उल्लेख गरिएको पाइन्छ । त्यस्तै होली पर्वलाई शताब्दीका विभिन्न चित्रहरुमा पनि चित्रण गरेको पाइन्छ । यो दिन भगवान श्रीकृष्णले पूतना नामक राक्षसीको वध गरेको र यही खुशीमा गोपिनीहरुले भगवान श्रीकृष्णसंग होली खेलेका थिए भन्ने पनि विभिन्न मानिसहरुको मान्यता रहेको छ ।
पुराणहरुका अनुसार दानवराज हिरण्यकश्यपले आफ्नो छोरा प्रह्लादले केवल विष्णु भगवान मात्र पूजा-आरधना र ध्यानमा मग्न भएको देखेर उनी क्रोद्धित हुन्छन् । जसका कारण उनले आफ्नी बहिनी होलिकालाई प्रह्लादलाई काखमा राखेर आगोमा बस्न आदेश दिन्छन्, किनभने होलिकालाई आगोले हानी गर्न नसक्ने वरदान प्राप्त भएको थियो ।
होलिका दहनका पौराणिक कथाहरु
पुराणहरुका अनुसार दानवराज हिरण्यकश्यपले आफ्नो छोरा प्रह्लादले केवल विष्णु भगवान मात्र पूजा-आरधना र ध्यानमा मग्न भएको देखेर उनी क्रोद्धित हुन्छन् । जसका कारण उनले आफ्नी बहिनी होलिकालाई प्रह्लादलाई काखमा राखेर आगोमा बस्न आदेश दिन्छन्, किनभने होलिकालाई आगोले हानी गर्न नसक्ने वरदान प्राप्त भएको थियो ।
तर अवस्था त्यसको ठिक विपरित भयो । होलिका जलेर भष्स भइन् भने भक्त प्रह्लादलाई केही पनि भएन । त्यहि घटनालाई सम्झेर यो दिन होलिका दहन गर्ने विधान रहेको छ । यसरी ईश्वरले आफ्ना अनन्य भक्तहरुको रक्षाका लागि सधैं उपस्थित हुन्छन भन्ने कुरा होली पर्वले सन्देश दिन्छ ।
होलीमा प्रचलित अन्य कथाहरु
कामदेवको कथा
होलीसंग सम्बन्धित कामदेवको पनि एउटा कथा छ । माता पार्वती शिवसंग विवाह गर्न चाहन्थिन्, तर तपस्यामा लीन भएका शिवले माता पार्वतीलाई वास्तै गरेनन् । त्यस्तो अवस्थामा प्रेमको देवता कामदेव अगाडि आएर उनले शिवलाई पुष्प बाण प्रहार गरे । जसकाकारण शिवको तपस्या भंग भयो । शिवलाई आफ्नो तपस्या भंग भएको देखेर अति नै रिस उठ्यो । जसका कारण उनले आफ्नो तेस्रो आँखा खोले । उनको तेस्रो आँखाबाट क्रोधयुक्त अग्नि निस्केर कामदेवलाई भस्म गरिदियो ।
कामदेव भस्म भएपछि उनकी श्रीमती रतिले अनेक विलौना गर्न थालिन् र शिवलाई आफ्नो श्रीमान् कामदेवलाई जीवित गर्नका लागि अनुरोध गरिन् । केही समयपछि शिवको रिस शान्त भैसकेको थियो र उनले कामदेवलाई पुनर्जीवित गरिदिए । कामदेव भस्म भएको दिन होलिका जलाइन्छ भने उनी पुनर्जीवीत भएको खुशीयालीमा रंगहरुले होली पर्व मनाइन्छ ।
महाभारतको यस्तो कथा
महाभारतको एउटा कथाका अनुसार युधिष्ठिरलाई श्रीकृष्णले सुनाए(‘एक पटक श्रीरामका पूर्वज रघुको शासनमा एउटा असुर महिला थिइन् । उनलाई कसैले पनि मार्न सक्दैन थियो, किनभने उनी एउटा वरदानद्वारा संरक्षित थिइन् । उनलाई मैदानमा खेलिरहेका बच्चाहरुबाहेक कसैबाट पनि डर थिएन् । त्यसैले एक दिन गुरु वशिष्ठले उसलाई मार्न सकिन्छ, त्यसका लागि एउटा उपाय छ भनेर सुनाए ।
कामदेव भस्म भएपछि उनकी श्रीमती रतिले अनेक विलौना गर्न थालिन् र शिवलाई आफ्नो श्रीमान् कामदेवलाई जीवित गर्नका लागि अनुरोध गरिन् । केही समयपछि शिवको रिस शान्त भैसकेको थियो र उनले कामदेवलाई पुनर्जीवित गरिदिए । कामदेव भस्म भएको दिन होलिका जलाइन्छ भने उनी पुनर्जीवीत भएको खुशीयालीमा रंगहरुले होली पर्व मनाइन्छ ।
यदि बालबालिकाले आफ्नो हातमा काठका साना टुक्राहरु लिएर शहर बाहिर जाने र त्यहाँ अरु सुकेका घाँसहरु जम्मा गरेर उक्त काठको टुक्रा पनि संगै जलाउने । उक्त अग्निको चारैतिर परिक्रमा गर्ने, नृत्य गर्ने, ताली बजाउने, गीत गाउने र ढोल बजाउने गर्नु पर्छ । गुरु बशिष्ठले भनेको जस्तो नै गरियो र ती असुर महिलाको मृत्यु भयो । यो दिनलाई एउटा उत्सवको रुपमा मनाइयो जुन असत्यमाथी सत्यको विजयको प्रतिक हो ।’
श्रीकृष्ण र पूतनाको कथा
होलीसंग श्रीकृष्णको गहिरो सम्बन्ध रहेको छ । यो पर्वलाई जसरी राधा(कृष्णको प्रेमको प्रतिकको रुपमा हेरिने गरिन्छ, त्यसरी नै पँैराणिक कथाका अनुसार जब कंशलाई श्रीकृष्ण गोकुलमा भएको कुरा थाहा हुन्छ, उसले पूतना नामक राक्षसीलाई गोकुलमा जन्मेका समस्त बच्चाहरुलाई मार्नका लागि पठाउँछन् ।
पूतना स्तनपानको वहानामा सबै बच्चाहरुलाई विषपान गराउनु पर्ने थियो, तर उनको वास्तविकता श्रीकृष्णले बुझिसकेका थिए । उनले स्तनपान गर्दा(गर्दै उनको वध गरिदिए । भनिन्छ(त्यो समयदेखि नै होली पर्व मनाउने मान्यता शुरु भएको हो ।’
क्याटेगोरी : बिचार, समाचार, साहित्य
प्रतिक्रिया