Techie IT
Samayabaddha
बिहीबार, १८ वैशाख, २०८२

गाजाको विद्यालयमा इजरायलले गरेको आक्रमणमा २७ जनाको मृत्यु


उत्तरी गाजामा रहेको एक विद्यालयमा इजरायलले हवाई आक्रमण गर्दा महिला र बालबालिकासहित २७ जना प्यालेस्टिनीको मृत्यु भएको छ ।

तुफाह जिल्लामा रहेको दार अल–अरकाम विद्यालयमा आक्रमण हुँदा अरु २४ जनाभन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ ।

आक्रमण भएको विद्यालयमा विस्थापित परिवारहरूको आश्रयस्थल रहेको विद्रोही समूह हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायली सेनाले विद्यालयलाई लक्षित नगरेको भन्दै हमासको निर्देशनमा सञ्चालित प्रमुख विद्रोहीहरुलाई आक्रमण गरेको दाबी गरेको छ ।

इजरायल रक्षा बलका अनुसार आक्रमण गरिएको ठाउँमा हमास लडाकूहरूले इजरायली नागरिक र सेनाहरूविरुद्ध आक्रमणको योजना बनाउन प्रयोग गरिरहेका थिए ।

हमासको स्वास्थ्य मन्त्रालयले २४ घण्टामा इजरायली आक्रमणमा थप ९७ जनाको ज्यान गएको बताएको छ ।

इजरायलले प्यालेस्टिनी क्षेत्रको ठूलो भाग नियन्त्रण गर्न लगातार आक्रमण गरिरहेको हमासले आरोप लगाएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट