Techie IT
Samayabaddha
बुधबार, १७ वैशाख, २०८२

अन्नपूर्ण आधार शिविरमा हिम पहिरोमा बेपत्ता भएका चिनियाँ नागरिकको शव एघार दिनपछि फेला


माछापुच्छ्रे, २३ चैत। कास्कीको अन्नपूर्ण आधार शिविर पुगेर फर्किने क्रममा हिम पहिरोमा बेपत्ता हुनुभएका चिनियाँ नागरिकको शव फेला परेको छ ।

२७ वर्षीय चेङयुअने गत चैत ११ गतेदेखि बेपत्ता भएका थिए । सशस्त्र प्रहरी बल कालिका गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सूर्य तिमिल्सेनाका अनुसार शनिवार उनको शव फेला परेको हो ।

उहनको खोजीमा नेपाल प्रहरीको साथै कालिका गणका सशस्त्र प्रहरी निरीक्षक विश्वराज त्रिपाठीको कमान्डमा विपद् व्यवस्थापन टोली खटिएको थियो । सशस्त्र प्रहरीको टोलीले उहाँको शव फेला पारेको हो । बेपत्ताका आफन्त र चिनिया राजदूतावासका कर्मचारी पनि घटनास्थल पुगेको थिए ।


क्याटेगोरी : पालिका

प्रतिक्रिया


ताजा अपडेट