Techie IT
Samayabaddha
बिहीबार, १८ वैशाख, २०८२

​युक्रेनको मध्य शहरमा रुसले गरेको शक्तिशाली मिसाइल आक्रमणमा बालबालिकासहित कम्तीमा १८ जनाको मृत्यु


एजेन्सी, २३ चैत । युक्रेनको मध्य शहर क्रिभी रिहमा ​रुसलेगरेको शक्तिशाली मिसाइल आक्रमणमा बालबाकिासहित कम्तीमा १८ जनाको मृत्यु भएको छ। तीमध्ये कम्तीमा ६ जना बालबालिका छन्। कयौँ घाइते भएका छन्।

घाइते र मृतकको संख्या बढ्न सक्ने आशंका छ। यो शहर राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृहनगर हो। रुसी रक्षा मन्त्रालयले भने युक्रेनी सेनाका कमाण्डर र पश्चिमा सहयोगीबीच छलफल भइरहेको एक रेष्टुरेण्टलाई निशाना बनाएर गरिएको आक्रमणमा ८५ जनाको मृत्यु भएको दाबी गरेको छ।

युक्रेनले रुसले मानवताविरुद्ध गरेको अपराधको ढाकछोप गर्न यस्तो दाबी गरेको आरोप लगाएको छ। स्थानीय अधिकारीका अनुसार एक आवसीय भवनमा रुसले ब्यालेस्टिक मिसाइल प्रहार गरेको हो।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट