Techie IT
Samayabaddha
शुक्रबार, १९ असार, २०८३

डोमिनिकन रिपब्लिकमा नाइट क्लबको छत खस्दा कम्तीमा २७ जनाको मृत्यु


डोमिनिकन रिपब्लिकको राजधानी सान्तो डोमिङ्गोमा रहेको जेट सेट नाइट क्लबको छत खस्दा कम्तीमा २७ जनाको मृत्यु भएको छ । एक सय ५० भन्दा बढी घाइते भएका स्थानीय प्रहरीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

प्रसिद्ध डोमिनिकन मेरेंग गायक रुबी पेरेज स्टेजमा प्रदर्शन गरिरहेका बेला अचानक क्लबको छत खसकेको हो । दुर्घटना हुँदा क्लबमा पाँच सय देखि एक हजार जनासम्म मानिस रहेका थिए ।

राष्ट्रपति लुइस अबिनाडेरले उद्धार कार्यलाई प्राथमिकता दिन घटनास्थलको अनुगमन गरेका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट